सरकारले उपलब्ध गराउने प्रोत्साहन भत्ताका कारण विपन्न समुदायका गर्भवती सुरक्षित प्रसुतिका लागि स्वास्थ्यसंस्था जाने क्रम बढेको छ । सरकारले मातृ मृत्युदर घटाउन भन्दै २०६५ सालदेखि आमा सुरक्षा कार्यक्रम अन्तरगत प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेको हो । तर विकट हिमाली जिल्ला हुम्लामा पछिल्लो ६ महिनादेखि सुत्केरी आमाले भत्ता वापतको रकम पाएका छैनन् ।
हुम्लामा सुत्केरी हुन आएका २ सय ५६ जना आमाहरुले प्रोत्साहन रकम पाएका छैनन् । पहिला यातायात खर्चवापत १५ सय र नियमित गर्भ जाँच गरेवापत ४ सय रुपैयाँ दिइन्थ्यो । आ.व. २०७५/०७६ को बजेटमार्फत प्रोत्साहन भत्ता दोब्बर गरेको घोषणा गरियो । तर सरकारले प्रति सुत्केरी १९ सय रुपैयाँका दरले रकम पठाएकाले सुत्केरी महिलालाई भत्ता दिन नसकिएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । यस आर्थिक वर्षमा अहिलेसम्म ४ सय १६ जनाले प्रसुती सेवा लिएकामा माघ महिनासम्म सुत्केरी हुन आउने २ सय ५ जनाले मात्र प्रोत्साहन भत्ता पाएका छन् ।
अहिले जिल्ला अस्पतालमा सुरक्षित सुत्केरी गराउन दुर्गम गाउँबस्तीबाट जिल्ला अस्पतालमा आउनेको संख्या बढेको छ । तर आवश्यक बजेट उपलब्ध नभएका कारण पछिल्लो ६ महिनादेखि सुत्केरी आमाहरुले प्रोत्साहनवापतको रकम पाउन सकेका छैनन् ।
जिल्ला अस्पताल हुम्लामा सुत्केरी गराउने महिलाले यातायात खर्चवापत ३ हजार र नियमित ४ पटक परिक्षण गराएवापत थप ८ सय गरी ३ हजार ८ सय रुपैयाँ पाउनुपर्ने हो । तर प्रदेश सरकारले बजेट नपठाउँदा सुत्केरी आमा रित्तो हात फर्किन बाध्य छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
हुम्लामा पुगेन सुत्केरी भत्ता । Pradesh Bisesh public health salary | |
| 7 Likes | 7 Dislikes |
| 399 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 1 Jul 2019 |
Không có nhận xét nào:
Đăng nhận xét