संविधानले नै सूचनाको हक र उपभोक्ताको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । तर यो संवैधानिक व्यवस्थाको केबल टेलिभिजन व्यवसायीले ठाडो उल्लंघन गरी उपभोक्तालाई सोमबार अपरान्हदेखि २४ घण्टासम्म दुवै हकबाट वञ्चित गराएका छन् ।
केबल टेलिभिजन व्यवसायीले सरकारले कानुन बनाएर लागू गर्न लागेको क्लिन फिड व्यवस्थाको विरोध गर्ने नाममा सेवा बन्द गरेर उपभोक्ताको हकमाथि नै खेलवाड गरेका छन् । व्यवसायीले दुई सयभन्दा बढी विदेशी टेलिभिजनको प्रसारण रोकेर उपभोक्तालाई सूचनामूलक, मनोरञ्जनात्मक, धार्मिक लगायत सामग्री हेर्नबाट वञ्चित गरेका छन् । सेवा दिन भन्दै अग्रिम रुपमा शुल्क उठाएका व्यवसायीले घोषित रुपमै सेवा रोकेर ठगी गरेको उपभोक्ताको भनाइ छ ।
सरकारले चार वर्ष अगाडि नै विदेशी विज्ञापन प्रसारण गर्न नपाउने निर्णय गरेको थियो । त्यो निर्णय कार्यान्वयन गर्न अहिले विज्ञापन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा छलफलको क्रममा छ । विधेयक पारित भएपछि केबल टेलिभिजनले विदेशी च्यानलमा विदेशी विज्ञापन प्रसारण गर्न पाउँदैनन् । विदेशी विज्ञापनको साटो स्वदेशी विज्ञापन प्रसारण गर्न लगाइ स्वदेशी विज्ञापन बजार बढाउने उद्देष्यसहित सरकारले क्लिन फिड लागू गर्न लागेको हो । तर केबल टीभी व्यवसायीले संवैधानिक हकमै अंकुश लगाउने अनुचित काम गरेका छन् ।
विश्वका अन्य मुलुकमा पनि विदेशी च्यानललाई विज्ञापनरहितरुपमा प्रसारण गर्न दिने गरिएको सन्दर्भमा विदेशी विज्ञापन देखाउन पाउनुपर्छ भन्ने व्यवसायीको माग उचित देखिंदैन ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
सेवा रोकेर घोषित रुपमै ठगेको उपभोक्ताको आरोप । Kantipur Samachar news headlines uk | |
| 7 Likes | 7 Dislikes |
| 319 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 25 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét