भारतले पानीको प्राकृतिक प्रवाह रोक्ने गरी दशगजा क्षेत्र नजिकै २५ किलोमिटर लामो कालोपत्रे सडक निर्माण गरेपछि बाँकेको पूर्वी सीमा नरैनापुर गाउँपालिकाको १ देखि ६ नम्बर वडाका सयौं बासिन्दा डुबानबाट विस्थापित हुने अवस्थामा छन् ।१० फिट अग्लो सडकले पानीको बहाव रोक्दा सामान्य झरिमासमेत २ सय घर डुबानमा परे । ठूलो वर्षा हुँदा कम्तिमा ५ सय घर परिवार डुबानको जोखिमा पर्ने खतरा देखिएपछि स्थानीयबासीले तत्कालै डुबान समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् ।
भारतले दशगजा नजिकै निर्माण गरेको १० फिट आग्लो र २५ किलोमिटर लामो पक्की सडकले पानीको प्राकृतिक बहाव रोक्दा बाँकेको नरैनापुर गाउँपालिकाका सिमावर्ती बस्ती पुरै डुबानको चपेटामा परेका हुन् । कहिल्यै पानी नजम्ने गाउँबस्ती भारतीय सडकका कारण उच्च जोखिमा परेपछि स्थानीयबासीलेसमेत सरकारसंग डुवान समस्याको तत्काल समाधान खोज्न सरकारसँग हारगुहार गरेका छन् ।
भारतले ६ महिना भित्र यो सडक निर्माण गरेको हो । सडक निर्माण गर्दासम्म नेपाली पक्ष चुपचाप बसेको थियो । अहिले डुवानबाट बस्ती जलमग्न भएपछि गृहमन्त्रालयले झारा टार्ने गरि स्थानीय प्रशासनलाई काउन्टर पार्टको मिटिङ राखेर डुवान समस्याको समाधान खोज्न निर्देशन दिएको छ । तर यो निकै जटिल समस्या भएकाले स्थानीय प्रशासनको पहलबाट मात्रै समस्याको समाधान हुन सक्ने अवस्था छैन ।
निर्माणाधीन हुलाकी सडक धेरै ठाउँमा भत्केकाले राहत र उद्धारका लागि नेपालगन्जबाट डुवान प्रभावित बस्तीमा पुर्याउन सक्ने अवस्था छैन । सरकारले राप्ती पूर्व सिमावर्ती क्षेत्रका बासिन्दालाई डुवानबाट जोगाउन अहिले नै प्रयास गरेन भने आउादो साउन भदौको भेलमा झन् ठूलो बिपत्ति नलाउला भन्न सकिन्न ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
बाँकेको पूर्वी सीमाका सयौं बासिन्दा डुबानबाट विस्थापित हुने अवस्थामा | Kantipur Samachar news headlines uk | |
| 30 Likes | 30 Dislikes |
| 1,776 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 25 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét