देशका कतिपय स्थानका विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक नभएको गुनासो छ । तर हिमाल पारीको जिल्ला मनाङका कतिपय विद्यालयमा शिक्षक छन तर विद्यार्थी छैनन ।
यो मनाङ ङसियाङ गाउापालिकाको ङावल आधारभूत विद्यालय हो । विद्यालयको घण्टी बजे पनि विद्यालयमा विद्यार्थी नआउादा शिक्षक विद्यालयमा विद्यार्थी कुरेर बस्छन् । १२ कोठे २ वटा भवन रहेको कक्षा ७ सम्मको पढाई हुनुपर्ने यस विद्यालयमा ४ जना शिक्षक छन् तर एक जना जना विद्यार्थी छैनन् ।
सबैभन्दा कम जनसंख्या भएको मनाङ जिल्लाको अधिकांश विद्यालयमा विद्यार्थी संख्या कम छ । भएका विद्यार्थी पनि अभिभावकले बौद्धधर्म पढाइहुने लोफेलिङ्ग स्कुलमा पढ्न पठाउाछन् । मनाङमै व्यापार व्यवसाय गर्ने बाहेक अधिकांशको बसोवास मनाङ बाहिर हुने गरेकाले पनि सामुदायिक विद्यालय खाली भएको स्थानीयको भनाई छ ।
पहाडी र तराई क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक नभएर विद्यार्थीले पढाउाने शिक्षकको पालो कुर्नुपर्छ । तर मनाङमा भने हरेक विद्यालयका शिक्षकले विद्यार्थी कतिखेर आउाछन् र पढाउाला भनेर कुर्नुपर्छ । मनाङ शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लाभरि ८ सय जना विद्यार्थी पढ्छन् भने दुई वटा माध्यमिक र २२ वटा आधारभूत तथा प्राथमिक तहका विद्यालय छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
मनाङमा विद्यार्थी पर्खिरहेका विद्यालय । Kantipur Samachar news headlines uk | |
| 24 Likes | 24 Dislikes |
| 1,123 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 27 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét